जन्मदिनमा कोहलीको कीर्तिमान

काठमाडौँ। भारतीय क्रिकेट टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहली आफ्नै राष्ट्रका महान खेलाडी सचिन तेन्दुल्करको कीर्तिमानसँग बराबरी गरेका छन्।

३५ औँ वर्षमा पाइला टेकेकै दिन उनले अन्तर्राष्ट्रिय क्रिकेटमा सचिनको कीर्तिमानसँग बराबरी गरेका हुन। कोहलीले आईसीसी एकदिवसीय विश्वकपअन्तर्गत आइतबार खेलिएको दक्षिण अफ्रिकाविरुद्धको खेलका क्रममा सचिनको कीर्तिमानसँग बराबरी गरेका हुन्। विराटले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सचिनले प्रहार गरेको सतक सँख्यासँग बराबरी गरेका हुन्। सक्रिय खेलजीवनबाट सन्न्यास लिनुअघि सचिनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ वटा सतक बनाएका थिए। दक्षिण अफ्रिकाविरुद्धको खेलमा एक सय रन पुरा गरेपछि विराटको सतक सँख्या पनि ४९ पुगेको छ।

विराटले दक्षिण अफ्रिकाविरुद्धको खेलमा एक सय १९ बलको सामना गरी सतक पुरा गरेका हुन्। यसक्रममा उनले १० वटा चौका पनि हिर्काएका थिए। उनले खेलको ४८.३ ओभरमा कागिसो राबडाको बलमा सतक पुरा गरेका हुन्। अब विराटले यही विश्वकपमा सचिनको कीर्तिमान तोड्ने सम्भावना बढेको छ। यसअघि गत बिहीबार खेलिएको श्रीलंकाविरुद्धको खेलमा विराट केवल १२ रनका कारण सतक पुरा गर्नबाट चुकेका थिए। उनी त्यो खेलमा ८८ रन बनाउँदै आउट भएका थिए।

कोहलीले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ र टेस्ट क्रिकेटमा २९ वटा सतक प्रहार गरेका छन्। सचिनले भने टेस्ट र एकदिवसीय क्रिकेटलाई जोड्दा एक सयवटा सतक बनाएका छन्। सचिनले एकदिवसीय अन्तर्राष्ट्रियमा ४९ र टेस्ट क्रिकेटमा ५१ वटा सतक बनाएका छन्।काठमाडौँ। भारतीय क्रिकेट टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहली आफ्नै राष्ट्रका महान खेलाडी सचिन तेन्दुल्करको कीर्तिमानसँग बराबरी गरेका छन्। ३५औँ वर्षमा पाइला टेकेकै दिन उनले अन्तर्राष्ट्रिय क्रिकेटमा सचिनको कीर्तिमानसँग बराबरी गरेका हुन्।

कोहलीले आईसीसी एकदिवसीय विश्वकपअन्तर्गत आइतबार खेलिएको दक्षिण अफ्रिकाविरुद्धको खेलका क्रममा सचिनको कीर्तिमानसँग बराबरी गरेका हुन्। विराटले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सचिनले प्रहार गरेको सतक सँख्यासँग बराबरी गरेका हुन्। सक्रिय खेलजीवनबाट सन्न्यास लिनुअघि सचिनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ वटा सतक बनाएका थिए। दक्षिण अफ्रिकाविरुद्धको खेलमा एक सय रन पुरा गरेपछि विराटको सतक सँख्या पनि ४९ पुगेको छ।

विराटले दक्षिण अफ्रिकाविरुद्धको खेलमा एक सय १९ बलको सामना गरी सतक पुरा गरेका हुन्। यसक्रममा उनले १० वटा चौका पनि हिर्काएका थिए। उनले खेलको ४८।३ ओभरमा कागिसो राबडाको बलमा सतक पुरा गरेका हुन। अब विराटले यही विश्वकपमा सचिनको कीर्तिमान तोड्ने सम्भावना बढेको छ। यसअघि गत बिहीबार खेलिएको श्रीलंकाविरुद्धको खेलमा विराट केवल १२ रनका कारण सतक पुरा गर्नबाट चुकेका थिए। उनी त्यो खेलमा ८८ रन बनाउँदै आउट भएका थिए।

कोहलीले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ र टेस्ट क्रिकेटमा २९ वटा सतक प्रहार गरेका छन्। सचिनले भने टेस्ट र एकदिवसीय क्रिकेटलाई जोड्दा एक सयवटा सतक बनाएका छन्। सचिनले एकदिवसीय अन्तर्राष्ट्रियमा ४९ र टेस्ट क्रिकेटमा ५१ वटा सतक बनाएका छन्।


ताजा समाचार