पाकिस्तानको सेमिफाइनलमा पुग्ने सम्भावना समाप्त

कोलकाता। आईसीसी एकदिवसीय विश्वकपको समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डले टस जित्दै पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

टससँगै पाकिस्तान विश्वकपबाट बाहिर भएको छ। इंग्ल्याण्डले टस जितेर ब्याटिङ गरेसँगै इंग्ल्याण्डले प्रस्तुत गरेको लक्ष्य पाकिस्तानले १६ देखि २२ बलमा पछ्याउनुपर्नेछ। जुन असम्भव हो।

श्रीलंकामाथि न्युजिल्यान्डको ठूलो जितको अर्थ पाकिस्तानले सेमिफाइनलमा पुग्न निकै कठिन समीकरणलाई पार गर्नुपर्ने छ। टोलीले जितेर मात्रै नभई नेट रन रेट न्युजिल्यान्डभन्दा राम्रो हुनसक्ने ठुलो अन्तरले हुनुपर्छ।

अहिले समीकरण यस्तो छ कि यदि इंग्ल्यान्डले पहिले खेल्दै ३०० रन बनायो भने पाकिस्तानले मात्र ६.१ ओभरमा लक्ष्य पूरा गर्नुपर्नेछ। यसको मतलब पाकिस्तानी ब्याट्सम्यानले प्रत्येक बलमा ६ रन बनाए पनि त्यति ओभरमा २२२ रन मात्रै बनाउन सक्नेछन्। पाकिस्तानले इंग्ल्याण्डलाई १०० रनमा अलआउट गरे पनि २.५ ओभरमा लक्ष्य पूरा गर्नुपर्नेछ।


ताजा समाचार