बाबरले छाडे पाकिस्तानको कप्तानी

काठमाडौँ। बाबर आजमले पाकिस्तानी क्रिकेट टिमको कप्तान पद छाडेका छन्।

विश्वकप-२०२३ मा पाकिस्तानको कमजोर प्रदर्शनपछि उनले नेतृत्व छाडेका हुन् । भारतमा भइरहेको विश्वकपमा पाकिस्तानले लिग चरणका नौ खेलमध्ये पाँचमा हार बेहोरेको थियो ।

बाबरले छाडे पाकिस्तानको कप्तानीफाइल तस्बिर : रोयटर्स

यसक्रममा टिम सेमिफाइनल प्रवेश गर्न पनि असफल रह्यो । व्यक्तिगत रूपमा ब्याटबाट उनको प्रदर्शन पनि राम्रो रहेन् । उनले नौ खेलमा ३ सय २० रन मात्रै बनाए । त्यसैले बाबरमाथि कप्तानी छाड्ने चर्को दबाब रहेको थियो ।

प्रतियोगिता अगाडि वान डे वरीयताको ब्याटरमा नम्बर १ रहेको बाबरले बीचमा यसलाई पनि गुमाएका थिए । उनको अनुपस्थितिमा टिमका उपकप्तान रहेका सदाब खान अथवा साहीन अफ्रिदी नयाँ कप्तान कप्तानका लागि बलिया प्रत्याशी रहेका छन् ।

बाबरले सबै फर्म्याटको कप्तानबाट राजीनामा दिएको उल्लेख गर्दै सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘आजबाट मैले सबै ढाँचाको क्रिकेटबाट पाकिस्तानी क्रिकेट टिमको कप्तानी छाडेको छु । यो निर्णय निकै कठिन रह्यो, तर यो उपयुक्त समय पनि हो ।’


ताजा समाचार