काठमाडौँमा आज यो वर्षकै चिसो

काठमाडौँ। काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा चिसो भएको छ।

आज बिहान काठमाडौँको तापक्रम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा चिसो भएको छ,’ विभागका मौसमविद् सरोज पुडासैनीले भने।

अहिले काठमाडौँको तापक्रम १२ डिग्री सेल्सियस पुगेको छ। आजको अधिकतम् तापक्रम २० देखि २२ डिग्री सेल्सियसको बीचमा रहने अनुमान महाशाखाले गरेको छ।


ताजा समाचार