राष्ट्रपति पौडेलले दिए क्रिकेट खेलाडीलाई शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी-२० विश्वकप प्रतियोगिता खेल्ने नेपालको राष्ट्रिय टीमका खेलाडीलाई सफलताको शुभकामना दिएका छन् ।

वेस्ट इन्डिज र अमेरिकामा हुन लागेको आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई राष्ट्रपति पौडेलले सफलताको शुभकामना व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

नेपाली क्रिकेट टोली आज राति त्यसतर्फ प्रस्थान गर्दैछ । टी-२० विश्वकप जुन १ तारिखदेखि सुरु हुँदैछ । विश्वकपमा नेपाल समूह ‘डी’मा परेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्ड्स छन् ।

नेपालले जुन ४ तारिखमा नेदरल्याण्ड्ससँग विश्वकपको पहिलो खेल खेल्नेछ ।


ताजा समाचार