कोभिड महामारीपछि चीनले पहिलो पटक विदेशीका लागि सगरमाथा आरोहण खुला गर्दै

कोभिड महामारीपछि चीनले पहिलो पटक तिब्बत हुँदै विदेशीलाई सगरमाथा आरोहणको अनुमति दिने तयारी गरेको छ । आठ पटक सगरमाथा आरोहण गरिसकेका विदेशी गाइड एड्रियन बालिङगर नेपालबाट भन्दा तिब्बततर्फबाट सगरमाथाको आरोहण गर्न रुचाउँछन् ।

उनी यसपटक आफ्नो कम्पनी अल्पेनग्लो एक्सपिडिसनमार्फत आरोहीहरूलाई सगरमाथाको चुचुरोसम्म पुर्याउने तयारी गरेका छन् ।चीनमा सगरमाथालाई चोमोलुङ्गमा भनिन्छ । त्यहाँको आरोहण अनुमति बेइजिङबाट नभएर चीन तिब्बत माउन्टेनियरिङ एसोसिएसन (सीटीएमए) ले वितरण गर्दछ । हालसम्म चिनियाँ सरकारले यसबारे औपचारिक सूचना भने जारी गरेको छैन । बेलिङगरका अनुसार सीटीएमएले नयाँ सिजनका लागि मूल्य सूची सार्वजनिक गरेपछि दर्ता प्रक्रिया खुलेको जानकारी हुनेछ । यस सूचीमा याक, स्थानीय गाइड, अनुवादक र ल्हासादेखि एभरेस्ट बेस क्याम्पसम्मको यातायातको लागत समावेश हुन्छ ।

विदेशीले चीन र त्यसपछि तिब्बतका लागि छुट्टै भिसा प्राप्त गर्नुपर्छ । विदेशी आरोहीका लागि चीनमा प्रतिवर्ष ३ सय वटा अनुमति जारी गरिन्छ । सगरमाथा आरोहणका लागि उपयुक्त समय निकै कम हुन्छ । यो अप्रिलको अन्त्यदेखि सुरु भएर मे महिनाको मध्यसम्म रहन्छ । बेलिङगरको टोली मौसमसम्म अभ्यस्त हुनका लागि अप्रिल २५ मा आफ्नो टोलीसँगै चीन पुग्नेछ ।  सीएनएन


ताजा समाचार