सफलता र असफलताको बोझले पहिलो पाइला असाध्यै गह्रौँ हुँदो रहेछ : निर्मात्री बन्दा स्वस्तिमाको अनुभव

काठमाडौँ। स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’मार्फत निर्मात्रीमा डेब्यु गर्दैछिन्। ३४ दिनमा यस फिल्मको छायाङ्कन सकिएको छ।

सुटिङ सकिएपछि स्वस्तिमाले निर्माता हुँदाको अनुभव सेयर गरेकी छिन्। नयाँ यात्रामा पहिलो पाइला चाल्दा गाह्रो भएको उनको भनाइ छ। नयाँ यात्रामा पहिलो पाइला चाल्नुअघि असंख्य प्रश्नले घेर्छन्। सफलता र असफलताको बोझले पहिलो पाइला असाध्यै गह्रौं हुन्छ। तर जब पाइलाले गति लिन्छ, ती सबै बोझहरू हलुका लाग्न थाल्छन्।

यस फिल्ममा स्वस्तिमासहित उनका श्रीमान निश्चल बस्नेतको पनि अभिनय छ। असल सहयात्री हुँदा गन्तव्यमा पुगेको पत्तै नहुनेसमेत उनले बताइन्। झन् त्यो यात्रामा हिँड्ने असल सहयात्री हुने हो भने गन्तव्यमा पुगेको पत्तै हुन्न। धन्यवाद निश्चल बस्नेत जसले मेरा हरेक निर्णय र कदममा साथ दिएर मलाई पूर्ण बनाएका छन्।

उनले निर्देशक र लेखकसहित सम्पूर्ण फिल्म टिमलाई समेत धन्यवाद दिएकी छिन्।

कमेडी-सोसल जनरामा बनेको यस फिल्मलाई सजन काफ्ले र आकाश बरालले निर्देशन गरेका हुन्। फिल्ममा स्वस्तिमा र निश्चलसहित विजय बराल, सिम्रन खड्का, आमिर गौतमलगायतका कलाकारको अभिनय रहनेछ।

फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन्। आगामी वर्षको दशैँमा रिलिज गर्ने निर्माण टिमको लक्ष्य छ।


ताजा समाचार