उत्तर प्रदेश : सडकमा नमाज पढ्ने २०० जनाविरुद्ध जाहेरी

भारतीय राज्य उत्तर प्रदेशको मेरठको शाही इदगाह बाहिर सडकमा नमाज पढेको भन्दै प्रहरीले २ सय अज्ञात व्यक्तिविरुद्ध एफआईआर दर्ता गरेको छ।

रेलवे रोड इन्चार्ज इन्स्पेक्टर आनन्द गौतमले बीबीसीलाई भने, ‘इदको दिन इदगाहबाहिर सडकमा धेरै मानिसहरूले नमाज पढेका थिए। यस सम्बन्धमा यो रिपोर्ट दर्ता गरिएको हो। भिडिओ फुटेज र तस्बिरका आधारमा मानिसहरूलाई सडकमा नमाज पढाउनेहरूको पहिचान भइसकेको छ।’

घटना के हो?

वास्तवमा ११ अप्रिलमा इदको दिन शाही इदगाहमा इदको नमाज पढ्न मानिसको भीड जम्मा भएको थियो तर मस्जिदमा ठाउँ नहुँदा धेरै मानिस मस्जिदबाहिर सडकमै बसेर नमाज पढेका थिए।प्रहरीले त्यहाँ नमाज पढ्न रोकेपछि पूजा गर्ने र प्रहरीबीच झडप भएको थियो। यसको भिडिओ पनि सामाजिक सञ्जालमा भाइरल भएको छ।यसमा हिन्दू संगठनका नेता सचिन सिरोहीले पनि उच्च अधिकारीलाई गुनासो गरेका थिए। बीबीसी हिन्दी


ताजा समाचार