एसीसी प्रिमियर कप : एक खेल अगावै नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा हङकङविरुद्ध फराकिलो जित हासिल गरेको नेपालले एक खेल्न बाँकी छँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

नेपालले तीन खेलमा तीन जित हासिल गर्दै ६ अंक बटुलेको छ । समूहबाट दुईवटा टिम सेमिफाइनलमा जानेछन् । आजै भएको खेलमा कतारले मलेसियालार्ई पराजित गरेसँगै नेपालको सेमिफाइनल यात्रा सुनिश्चित भएको हो ।

साउदी अरब, कतार र हङकङले तीन–तीन खेलेर एक मात्र जित हासिल गरेका छन् । अब उनीहरुले एक खेल मात्रै खेल्न बाँकी रहेकाले ६ अंक ल्याउन सम्भव छैन । साउदी अरबले दुई खेल खेल्न बाँकी छ । एक खेल जितेको साउदीले बाँकी दुई खेल जितेमा ६ अंक ल्याएर नेपालसँग सेमिफाइनलमा प्रवेश गर्न सक्छ ।


ताजा समाचार