नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको मुख्य सुरुङ ‘ब्रेक थ्रू’ (फोटोफिचर)

काठमाडौं। नागढुङ्गा–सिस्ने खोला सुरुङमार्गको मुख्य सुरुङ छेड्ने (ब्रेक-थ्रू) काम सम्पन्न भइको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गरिएको हो । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ २ हजार ६ सय ६७ मिटर रहेको छ।

आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक-थ्रू भइसकेको छ । पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने छ ।

प्रधानमन्त्री प्रचण्डले नयाँ वर्षको सुरूवातसँगै नेपालकै पहिलो सुरूङमार्गको मुख्य सुरूङको ‘ब्रेक-थ्रु’ गर्ने ऐतिहासिक अवसर पाउँदा अत्यन्त खुसी लागेको बताए । यसबाट नेपाली माटो सुहाउँदो सुरूङ सम्बन्धि दस्तावेज निर्माण हुने र नेपाललाई सुरूङ युगमा पुर्‍याउन महत्वपूर्ण योगदान गर्ने उनले विश्वास व्यक्त गरे ।


ताजा समाचार