गायिका एलिना चौहानले कसिन् प्रेमी विष्णु सापकोटा लगनगाँठो (तस्वीर)

काठमाडौं । गायिका एलिना चौहानले बुधबार विवाह गरेकी छन् । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उनले प्रेमी विष्णु सापकोटालाई वरमाला पहिराइन् ।

बेहुला बेहुलीको पहिरनमा ठाँटिएका उनीहरुले खुसी हुँदै औंठी साटासाट गरे । आफन्त र एलिना निकट कलाकारहरु रचना रिमाल, मेलिना मैनाली लगायत विवाहमा उपस्थित थिए ।

विष्णु बागलुङको घरबाट जन्ती लिएर मंगलबार बेलुका झापा पुगेका थिए । अहिले उक्त पार्टी प्यालेसमा विवाह समारोह चलिरहेको छ । भव्य सजावटसहित आयोजित समारोहमा सांगीतिक माहोल पनि चलिरहेको छ ।

तस्वीर : गोपीकृष्ण चापागाईं

 

ताजा समाचार