साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा अल फयालाई ३–१ गोलले हराउँदै अल नासरले जित निकालेको हो ।

अल नासरका लागि साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरेका थिए । यस्तै, अल फयाका फेसन सकलाले एक गोल गरेका थिए ।

खेलको छैटौँ मिनेटमा अल फयाका सकलाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर १–० गोलले पछि परेको स्थिति उल्ट्याएर अल नासर ३–१ गोलले विजयी बन्यो ।

अल नासरका अब्दुलेहले ७२औँ मिनेटमा र साडियोले ७६औँ र ८२औँ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै अल नासर २८ खेलबाट ६८ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । अल नासर शीर्षस्थानको अल हिलालसँग ९ अंकले पछि छ । पराजित भएको अल फया २८ ३५ अंकसहित ११औँ स्थानमा छ ।


ताजा समाचार