२०७९ र ८० सालको छिन्नलता गीत पुरस्कार घोषणा, गायनतर्फ शिव परियार र मनिला सोताङलाई

काठमाडौं । २०७९ र २०८० सालको छिन्नलता गीत पुरस्कारको घोषणा भएको छ। यस बारे गुठीको काठमाडौंमा हुने साधारणसभामा जनताबीचको सहमतिबाट दुई वर्षको पुरस्कार एकैपटक प्रदान गर्ने निर्णय भएको हो। प्राविधिक कारणले गत वर्ष पुरस्कार वितरण हुन सकेनन्।

२०७९ सालको छिन्नलता गीत पुरस्कार अन्तर्गत गायनतर्फ शिव परियार, गीत रचनातर्फ भूषण खरेल, र संगीततर्फ मनराजा नकर्मीलाई पुरस्कार प्रदान गरिएको छ। ‘परेलीमा बसुँ कि कलेजीमा बसुँ’ गीतबाट गायिका मेनुका पौडेललाई लोकप्रिय युवा प्रतिभा पुरस्कार प्रदान गरिएको छ।

ad

२०८० सालको छिन्नलता गीत पुरस्कार अन्तर्गत गायनतर्फ मनिला सोताङ, गीत रचनातर्फ वीरेन्द्र पाठक, र संगीततर्फ चण्डीप्रसाद काफ्लेलाई पुरस्कार प्रदान गरिएको छ। ‘पीरैपीर’ गीतबाट गायक भूपू पाण्डेलाई २०८० सालको लोकप्रिय युवा प्रतिभा पुरस्कार प्रदान गरिएको छ।

यसपटकदेखि छिन्नलता गीत पुरस्कारको राशि ५० हजारबाट बढाएर जनहरूलाई एक लाख रुपैयाँ पुर्‍याइएको छ। छिन्नलता युवा प्रतिभा पुरस्कारको राशि पनि ३५ हजारबाट बढाएर ५० हजार रुपैयाँ कायम गरिएको छ।

आगामी साउन २ गते विशेष समारोहको आयोजना गरी पुरस्कार वितरण गरिने छिन्नलता गीत पुरस्कार गुठीले जनाएको छ।


ताजा समाचार