बार्सिलोना हारेपछि रियललाई ला लिगाको उपाधि

स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६ औँ पटक उपाधि जितेको हो ।

शनिबार राति दोस्रो स्थानको बार्सिलोना जिरोनासँग ४–२ ले पराजित भएपछि रियलले चार खेल अगाडि नै उपाधि पक्का गरेको हो । त्यसअघि भएको खेलमा रियलले क्याडिजलाई ३–० ले पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो ।

रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङह्याम र जोसेलुले एक–एक गोल गरे । इंग्लिस मिडफिल्डर बेलिङह्यामले यो सिजन २६ लिग खेलमा १८ औँ गोल गर्न सफल भए ।

यता कार्लो एन्चेलोचटीले रियलसँग दोस्रो पटक लिग उपाधि जित्न सफल भए । उनले यसअघि सन् २०२१–२२ सिजनमा पनि लिग उपाधि हात पारेका थिए । एन्चेलोटीले स्पेनसहित इटाली, जर्मनी, फ्रान्स र इंग्ल्याण्ड पनि लिग उपाधि जितेका छन् ।

रियलले ३४ खेलबाट ८७ अंक जोडेको छ भने समान खेलबाट जिरोनाले ७४ अंक बनाएको छ । बार्सिलोना ७३ अंकसहित तेश्रो स्थानमा पुगेको छ ।


ताजा समाचार