५७ जना कोरोना संक्रमित थपिए

काठमाडौँ। ‌ बितेको २४ घण्टामा थप ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले सो जानकारी दिएका हुन्। उनका अनुसार हाल देशभर कुल सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ जना रहेको छ।

यस्तै निको भएकासहित हालसम्म संक्रमित बनेकाको कुल संख्या १७ हजार ५०२ जना रहेको गौतमले जानकारी दिए। गौतमका अनुसार बितेको २४ घण्टामा २७ वटा प्रयोगशालाबाट ३ हजार ३३१ जनाको नमुना परीक्षण भएको छ।

हाल २३ हजार २७५ जना क्वारेन्टिन र ५ हजार ८२५ जना आइसोलेसनमा रहेका छन् । यस्तै बितेको २४ घण्टामा थप १०३ जना डिस्चार्ज भएसँगै कूल निको हुनेको संख्या ११ हजार ६३७ पुगेको छ।


ताजा समाचार