शंख बजाउनुका फाइदा र धार्मिक मान्यता

काठमाडौं। विशेषतः हिन्दु धर्मावलम्बीहरुले पूजापाठसहितका धार्मिक समारोहमा शंख बजाउने गर्दछन् । पूजापाठमा शंख अनिर्वाय बजाइन्छ । मन्दिरमा शंखको ध्वनि सुनिन्छ । मृत्यु संस्कारमा पनि शंख प्रयोग गरिन्छ । मन्दिर वा घराको पूजा कोठामा शंख राखिएको हुन्छ । देवी देवताको तस्विरमा पनि शंख देखिन्छ ।

शंख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो । शंख समुद्रमा पाइने जलचरको खबटा हो । प्राचीनकालदेखि नै विभिन्न प्रयोजनमा लगाइने शंख एक प्रकारको समुद्री चिप्लेकिराको कडा खोल हो ।

यसलाई विशेषगरी धार्मिक कार्यमा प्रयोग गरिन्छ । हिन्दु धर्ममा शंखलाई देवी लक्ष्मी र भगवान् विष्णुले आफ्नो हातमा धारण गरेको देखाइएको छ । तर शंख किन बजाउने गरिन्छ त ?

शंखका उपयोगिता ?

धार्मिक कारण

  • शंख बजाउँदा वायुमा रहेको विकार हट्ने विश्वास गरिन्छ ।
  • शंखको आवाजले सुतेको भूमिलाई जागृत गराउँछ भनिन्छ ।
  • शंख घरमा राख्दा वा बजाउँदा शुभ हुने विश्वास छ ।
  • यसको ध्वनिले भूतप्रेम, पिशाच भाग्ने विश्वास गरिन्छ ।
  • वास्तुशास्त्र अनुसार शंखध्वनिले घरमा सकारात्मक ऊर्जा प्रवाह गर्छ ।

स्वास्थ्य लाभ

  • यसको ध्वनिले वातावरणका कतिपय हानिकारक जीवाणु नष्ट हुने गर्दछन् ।
  • शंख बजाउँदा फोक्सोको व्यायाम हुनाले दमका रोगीलाई फाइदा पुग्दछ ।
  • शंखमा पानी सञ्चित गरेर पिउँदा क्याल्शियम, फस्फोरस प्राप्त हुन्छ ।
  • यसले हड्डी र दाँतका लागि राम्रो काम गर्छ ।
  • शंखमा भरेको पानी पिउँदा कब्जियत निको हुन्छ ।
  • एक रात शंखमा राखेको पानीले आँखा धोएमा फाइदा हुन्छ ।
  • शंखमा राखेको पानीले अनुहार मसाज गर्दा चमक ल्याउँछ ।
  • शंखमा राखेको पानीमा गुलाबजल मिसाएर कपाल धुँदा बलियो, मुलायम र बाक्लो हुन्छ ।

एजेन्सीको सहयोमा (खबरहब)


ताजा समाचार