भारतको विज्ञान पाठ्यक्रममा अन्तरिक्ष प्रविधि पढाइने

काठमाडौं । भारतको विज्ञान पाठ्यक्रममा अब अन्तरिक्ष प्रविधि पढाइ हुने भएको छ । अमेरिका, रुस, चीन लगायतका देशहरूपछिको अन्तरिक्ष शक्ति भनेर पहिचान बनाएको भारतले यस्तो पठाइ सुरु गर्ने भएको भारतीय समाचार पोर्टल दी प्रिन्टले उल्लेख गरेको छ ।

प्रिन्टका अनुसार भारतका विज्ञान संस्थानहरूले यस्तो पढाइ गर्ने भएका छन् । पाठ्यक्रममा स्पेस फ्लाइटको संयन्त्र, रिमोट सेन्सिङ जस्ता कुराहरू स्नातक मुनी र स्नातक माथिका कक्षामा पढाइ हुने भएको छ ।

अखिल भारतीय प्राविधिक शिक्षा परिषद् (एआईसीटीई) र भारतीय राष्ट्रिय अन्तरिक्ष प्रवर्द्धन प्राधिकरण केन्द्र (इन–स्पेस) को सहकार्यमा यस्तो पाठ्यक्रम मङ्गलवार सार्वजनिक भएको हो ।

भारतीय अन्तरिक्ष अध्ययन संस्था (इस्रो) का अध्यक्ष एस। सोमनाथले अन्तरिक्ष प्रविधि क्षेत्रमा विद्यार्थीहरूको प्रारम्भिक दक्षता विकास गर्न यस्तो पाठ्यक्रम राखिएको बताएका छन् ।


ताजा समाचार