‘खुस्मा : अ लभ स्टोरी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । धीरज मगर र उपासना सिंह ठकुरीको शीर्ष भूमिका रहेको फिल्म ‘खुस्मा : अ लभ स्टोरी’ को ट्रेलर सार्वजनिक भएको छ । चार मिनेट लामो ट्रेलरले कथावस्तु, चरित्र चित्रण र परिवेशबारे प्रकाश पार्छ ।

दशक लामो सशस्त्र द्वन्द्वको परिवेशमा भनिएको फिल्मको कथाले उक्त समयमा अंकुराएको एक जोडीको प्रेम र उतारचढावलाई दर्शाउँछ । सामाजिक र सांस्कृतिक मूल्य मान्यताविरुद्ध उभिएका पात्रले कसरी सम्बन्धलाई अघि बढाउँछन् र महिलाले पाइलैपिच्छे कसरी संघर्ष गर्नुपर्छ भन्ने यसमा दर्शाइएको छ ।

मगर समुदायको आञ्चलिकतामा भनिएको फिल्मलाई पश्चिम नेपालमा छायांकन गरिएको हो । फिल्मलाई अशोक थापाले निर्देशन गरेका हुन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्ममा माओत्से गुरुङ, सुजाता राई, अस्तित्व भट्टचन, अरुण पुन, राज थापा काउचा लगायतको अभिनय छ । एम मिडिया प्रोडक्सनको ब्यानरमा फिल्मलाई वीरबहादुर लामा, चन्द्र भट्टचन, बेथानी मगर, मान बहादुर, धना मगरले निर्माण गरेका हुन् । पटकथा तथा संवाद पनि अशोककै छ ।

https://youtu.be/CRbG8XBkZkE


ताजा समाचार