स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न

हेटौंडा। हेटौंडमा गत शनिबार स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाको आयोजना गरिएको थियो। विद्यार्थीमा धर्म संस्कृति र नैतिक शिक्षाको ज्ञान गराउने उदेश्यले सो परीक्षाको आयोजना गरिएको हो।

ज्ञान परीक्षामा हेटौंडा उपमहानगरपालिकाका ५० ओटा स्कुलका ८ सय विद्यार्थीको सहभागीता थियो। धर्म र संस्कृत सम्बन्धी ५० ओटा प्रश्नको सही उत्तर छानेर विद्यार्थीले लेख्नुपर्ने थियो।

सो ५० ओटामा सबै प्रश्नका सही जवाफ लेखेर हेटौडा ८ का माउन्ट एभरेष्ट स्कुलका सुगम थापा प्रथम भएका थिए भने हेटौंडा बस्तीपुरका १९ कि निर्मल माविकि सपना बार्तौला ४९ ओटा प्रश्नको सही जवाफ दिएर द्धितिय भएकि थिइन्। त्यस्तै चन्द्रोदय माविका प्रतिमा पौडेल र सिद्धार्थ माविकि सर्वज्ञारत्ना खतिवडा तृतिया भए। उनीहरुले समान ४८र४८ ओटा प्रश्नको सही जवाफ दिएका थिए।

हेटौंडा १० स्थित वनविज्ञान अध्ययन संस्थानको मैदानमा भएको परीक्षामा सहभागी मध्ये २५ जनालाई सान्त्वाना पुरस्कार दिइएको थियो। कार्यक्रममा प्रथम हुनेले २१ हजार, दृितिय हुनेले १५ हजार र तृतिया हुनेले ११ हजार साथै सान्त्वना पाउनेले ५र५ सय पुरस्कार पाएका थिए।

हिन्दू स्वायम् सेवक संघ नेपालको आयोजनमा भएको उक्त कार्यक्रममा संस्कृत ज्ञान परीक्षा समितिका संयोजक ह्यागृव आचार्यको अध्यक्षता तथा राष्ट्रिय गीतका रचनाकार प्रदिपकुमार राई व्याकुल माइला प्रमुख अतिथ्यता थियो । कार्यक्रकमा व्याकुल माइलालाई सम्मान समत गरिइएको थियो।

कार्यकम्रमा हिन्दू स्वंय सेवक संघ नेपालका सह राष्ट्रिय प्रचारक रेवितकुमार, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख लिलानाथ गौतम, प्याब्सन मकवानपुरका निवर्तमान अध्यक्ष मदन दाहाल, गोरक्षश्वर क्षेत्र विकास समितिका अध्यक्ष उत्तम शर्मा ढकाल, एम्नेष्टि इन्टरनेशनलका समुह ६७ का अध्यक्ष विजय बैद्य लगाएकाको उपस्थिति थियो। कार्यक्रममा विद्यार्थीले सांस्कृतिक महत्व झल्किने नृत्य समेत प्रस्ततु गरेका थिए।


ताजा समाचार