समृद्धिको यात्रा, केपी ओलीको गाइजात्रा (फोटो फिचर)

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलिभगतमा संसद विघटन भएपछि चौतर्फि आन्दोलन सुरु भएका छन्।

आगामी वैशाखमा निवार्चन गर्नेगरी पुस ५ गते संसद भंग गरेपछि राजनीतक दल, नागरिकहरु सडकमा आएका छन्। राजनीतिक अस्थिरता निम्तिएको छ। जारी संसदमा विश्वासको मत लिन नसकेर संसद भंग गरेको भएपनि जनताहरुले धेरै प्रश्न गर्ने थिएनन् होला। तर, नेकपाको आन्तरिक विवादका कारण सन्कि पारामा ओली-विद्याले संसद विघटन गरेपछि रचनात्मक तथा दबाबमुलक आन्दोलनहरु सुरु भएका छन्।

नेकपाका अध्यक्षद्वय प्रचण्ड-नेपाल, नेपाली कांग्रेस, जसपा, साझा विवेकशीललगायतका राजनीतिक दलहरुले पनि आन्दोलन सुरु गरेका छन्। आन्दोलनमा केपी-विद्याको पाराले, दुःखपाए साराले, ओलीतन्त्र मुर्दावाद, संसद भंग जनादेशको हत्या हो, सन्कि पाराले संसद भंग गर्न पाईंदैन, संसद भंग फिर्ता गर, संसदको सर्वोच्चता कायम गर, समृद्धिको यात्रा, ओलीको गाइजात्रा लगायतका नाराहरु घन्किन थालेका छन्।

तस्बिर: मुकुन्द कालिकोटे


ताजा समाचार