संयुक्त सरकारका प्राथमिकता, नीति र कार्यक्रम सार्वजनिक

काठमाडौँ। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारका प्राथमिकता, नीति र कार्यक्रम सार्वजनिक गरिएको छ।

आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो। आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धनको संस्कृति विकास गर्न काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा संयुक्त सरकारलाई समर्थन गर्ने दलको संयुक्त कार्यक्रममा सरकारका ११ प्राथमिकता निर्धारण गरिएको छ।

तस्बिरः मुकुन्द कालिकोटे

 यस्तै सरकारको नीति र कार्यक्रममा कोभिड–१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति पाउन पहल गर्ने, राष्ट्रिय हितको संवर्द्धन, संघीयता कार्यान्वयनको सवाल, शान्ति सुरक्षाको प्रत्याभूति, सामाजिक रुपान्तरण, अन्तर्राष्ट्रिय सम्बन्धलगायतका विषय रहेका छन्।

संयुक्त सरकारका न्यूनतम साझा कार्यक्रमको पूर्णपाठ हेर्नुहोस्


ताजा समाचार