अफगान युद्ध: २० वर्षमा कति भयो धनजनको क्षति?

काठमाडौँ। अफगानिस्तानमा अमेरिकी नेतृत्वको फौजको कारबाहीले सन् २००१ मा तालिबानलाई सत्ताच्युत गरेपछि द्धन्द्धले उग्र रुप लिएको थियो।

त्यसयता तालिवानी समूहले क्रमश: शक्ति सञ्चय गर्दै गयो र पुनः अफगानस्तानका विभिन्न भू-भागमा आफ्नो नियन्त्रण कायम गर्ने क्रममा राजधानी काबुल कब्जा गर्न सफल बनेको छ।

दुई दशक लामो युद्धपछि अमेरिकाले आउँदो सेप्टेम्बर ११ तारिखसम्ममा फिर्ती प्रक्रिया पूरा गर्ने तयारी गरिरहँदा तालिवानले सत्ता बब्जा जमाएको हो। सन् २०१८ मा उक्त समूह अमेरिकासमर्थित शान्तिवार्तामा प्रवेश गपछि सन् २०२० को फेब्रुअरीमा दुई पक्षबीच कतारको दोहामा एउटा शान्ति सम्झौता भएको थियो। शान्तिसम्झौताले अफगानिस्तानबाट अमेरिकी फौजको फिर्ती र तालिबानले उनीहरूमाथि आक्रमणहरू नगर्ने प्रतिबद्धता जनायो।

२० वर्षमा कति भयो धनजनको क्षति ?

तालिवानीविरुद्ध अमेरिकी शैन्यको हमला सबैभन्दा लामो संघर्ष मानिन्छ। बीबीसीका अनुसार सन् २००१ देखि २०२० सम्म ७१ हजारभन्दा धेरै गैरसैनिक नागरिकहरुको ज्यान गएको छ भने ७० हजारभन्दा धेरै अफगानी शैनिकको मृत्यु भएको छ। त्यस्तै अमेरिकी र नेटोतर्फ करिब चार हजार शैनिकको मृत्यु भएको छ। तीन हजार ८ सयजति निजी सुरक्षा कन्ट्रयाक्टरहरुको ज्यान गएको छ।

तालिवानी र अन्य लडाकु समूहतर्फ ८४ हजारभन्दा धेरैको मृत्यु भएको छ। २७ लाख मानिसहरुले देश छोडि सकेका छन्। ३२ लाख मानिसहरु देशभित्रै विस्थापित बनेका छन्। अफगानस्तानको यस युद्धमा अमेरिकाले २२.६ खर्ब डलर खर्चिएको छ।

को हुन् तालिवानी ?

पाश्तो भाषामा तालिबानको अर्थ ‘विद्यार्थीहरू’ भन्ने हुन्छ। उनीहरुले तीन दशक लामो संघर्षपछि आफ्नो गुमेको सत्ता कब्जा गर्न सफल बनेका छन्। अफगानिस्तानबाट सोभियत सेनाको फिर्तीपछि सन् १९९० को दशकमा उत्तरी पाकिस्तानबाट उनीहरूको उदय भएको हो। मुख्यत: पाश्तुन आन्दोलन सुरुमा धार्मिक सङ्घसंस्थाबाट प्रारम्भ भएको विश्वास गरिन्छ जुन सङ्घसंस्थाले सुन्नी इस्लामको कडा धार सिकाउने साउदी अरबबाट आर्थिक सहयोग पाए।

तालिबान समूहले अफगानिस्तान र पाकिस्तान जोडिएका पाश्तुन क्षेत्रहरूमा सत्तामा आएपछि शान्ति सुरक्षा पुनर्स्थापित गर्ने र शरिया कानुन लागु गर्ने वाचा गर्‍यो। तालिबानले दक्षिण पश्चिमी अफगानिस्तानबाट छिट्टै आफ्नो प्रभाव विस्तार गर्‍यो। सन् १९९५ को सेप्टेम्बरमा उनीहरूले इरानसँग सीमा जोडिएको हेरात प्रान्तमाथि कब्जा गरेका थिए।


ताजा समाचार