नेपाली कांग्रेसका नेता शाहीद्वारा राहतस्वरुप स्वास्थ्य सामग्री वितरण

जुम्ला। कोरोना भाइरस (कोभिड-१९) का बारेमा निरन्तर सचेतना र आफ्ना विचारहरु प्रवाह गर्दै आइरहेका नेपाली कांग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले तेस्रो पटक राहतस्वरुप स्वास्थ्य सामग्री हस्तान्त्रण गरेका छन्।

संगठन विभाग प्रमुखसमेत रहेका शाहीले बुधबार जिल्लाको हिमा गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकी, प्रहरी चौकी र गापाका विभिन्न वडाहरुमा स्वास्थ्य सामग्री हस्तान्त्रण गरेका हुन्।

गापाको पातरखोला स्वास्थ्य चौकी प्राथामिक स्वास्थ्य केन्द्र कालिकाखेतु, बड्की स्वास्थ्य चौकी र प्रहरि चौकी बड्किमा पुगेर नेता शाहीले कोरोना भाइरस रोकथामविरुद्ध आवश्यक सेनिटाईजर, सर्जिकल मास्क, डिजिटल थर्मोमिटर, हेन्ड गोल्बसलगाएत स्वास्थ्य सामग्री हस्तान्त्रण गरेका हुन्।

विश्व महामारीको सम्भावित जोखिमका बारेमा गाउँगाउँमा पुगेर सन्देश प्रभाव गर्दै आइरहेका नेता शाहीले पहिलो पटक चैत ११ गते हिमा गाउँपालिकामा एक हजार थान मास्क वितरण गरेका थिए।

त्यस्तै उनले चैत १८ गते गाउँपालिका क्षेत्रका विभिन्न क्वारेन्टाइनमा बसेका नागरिकलाई खाद्य राहत वितरण गरेका थिए। भारतबाट फर्किएर चारवटा क्वारेन्टाइनमा बसेका करिब ४० जनालाई ६३ हजार रुपैयाँबराबरको दैनिक उपभोग्य सामग्री वितरण गरेका थिए।

मुलुक राष्ट्रिय संकटमा परेको भन्दै नेता शाहीले सम्पूर्ण नागरिकहरुले आफ्नो स्थानबाट सक्दो सहयोग गर्न अपिल गरेका छन्। विपत्तिको बेलामा सामाजिक भावनाको विकास गर्नुपर्ने भन्दै नेता शाहीले सरकालाई साथ दिन र गलत क्रियाकलाविरुद्ध प्रश्न गर्न भने नछोड्न आग्रह गरेका छन्।

कोरोनाका विरुद्धमा विश्व मानव समुदाय त्राहिमाम बनेको बेलामा उक्त महव्याधिबाट बच्न र बचाउन लागि विश्व स्वास्थ्य संगठन, संघीय सरकार र स्थानीय सरकारले अपनाउन भनेका कुराहरुलाई जनताले अक्षरस पालना गर्नुपर्ने नेता शाहीको भनाई छ।


ताजा समाचार