भोलि र पर्सि उपत्यका बाहिर जान पाइने,काठमाडौँ आउन नपाइने

काठमाडौँ। सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको हो।

अनलाईन खबरकाअनुसार ११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरु हिँडेरै गाउँ फर्किन थालेका छन्। विद्यार्थी तथा अनौपचारिक क्षेत्रमा काम गर्नेहरु गाउँ फर्किन चाहेका छन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङकाअनुसार काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई राजमार्गका विभिन्न स्टेशनहरुमा पुर्‍याइदिने निर्णय भएको छ।

छोटो दुरीको हकमा कसरी जान दिने भन्ने तय भइसकेको छैन। यसबारे गृह मन्त्रालयले गृहकार्य गरिरहेको एक अधिकारीले बताए। तर, उपत्यका बाहिरबाट काठमाडौं आउन दिइने छैन।


ताजा समाचार