कुलपतिहरूले लिए शपथ ग्रहण

काठमाडौँ। नवनियुक्त तीन जना कुलपतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छालीले आज बिहान शपथ ग्रहण गरेका हुन्। उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराए।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। शपथग्रहण कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको पनि उपस्थिति थियो।


ताजा समाचार