‘कांग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिस्पर्धा भइरहेको छ’

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिस्पर्धा भइरहेको बताएका छन्।

काठमाडौंमा बुधबार मदन(आश्रित स्मृति दिवसमा उनले अहिले नेपाल भ्रष्टाचारमा डुबेको बताउँदै यसमा कुनै विचार र सिद्धान्तले काम नगरेको बताएका हुन्।

‘नेपाल भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ, के कम्युनिष्ट, के कांग्रेस, भ्रष्टाचार गर्ने कुरामा लगभग प्रतिस्पर्धा भइरहेको छ,’ अध्यक्ष नेपालले भने। उनले सरकारमा रहेकाहरुमा कसरी पैसा कमाउने र कसरी जनतालाई लुट्ने भन्ने प्रवृत्ति हाबी रहेको भन्दै नेपाली राजनीतिलाई जोगाउन चुनौती भएको बताए।

अर्को फरक प्रसंगमा अध्यक्ष नेपालले नेकपा एमाले अलोकतान्त्रिक बनेको आरोप लगाउँदै यस्ता अलोकतान्त्रिक चरित्रहरु हटाउन एमाले(कार्यकर्ताहरुलाई सुझाव दिए। अध्यक्ष नेपालले एमालेभित्र नीतिभन्दा नेता प्रधान र व्यक्तिवाद हाबी भएको र जबजबाट विचलित भएको आरोपसमेत लगाए।


ताजा समाचार