आज कहाँ कस्तो छ, बाढीको जोखिम? हेर्नुहोस् यो बुलेटिन

आज (आइतबार) मुलुकका ३० भन्दा बढी जिल्लाका खोला/नदीमा बाढी आउने सम्भावना रहेको र त्यसले जोखिम निम्त्याउन सक्ने उल्लेख गर्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

महाशाखाले बाढी पूर्वानुमान बुलेटिन जारी गरी आज इलाम, झापा, पाचँथर, संखुवासभा, मकवानपुर, बारा, पर्सा र आसपास भई बहने केही ससाना नदीमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो।

यसैगरी आज मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, चितवन, रुपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासी (बर्दघाट सुस्तापूर्व) र नवलपरासी (बर्दघाट सुस्तापश्चिम), स्याङजा, गुल्मी, अर्घाखाँची, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र आसपास भई बहने केही ससाना नदीमा पनि बहाव बढ्नसक्ने महाशाखाले जनाएको छ।

हेर्नुहोस् बाढी पूर्वानुमान बुलेटिन


ताजा समाचार