बालकुमारी घटनाबारे छलफल गर्न मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बस्दै

काठमाडौँ। बालकुमारी घटनाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

शुक्रबार ईपीएसअन्तर्गत कोरियन भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राख्दै युवाले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दुई युवकको मृत्यु भएको थियो।

सो विषयमा छलफल गर्न प्रधानमन्त्रीले आजका लागि आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाएको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए। उनका अनुसार बैठक दिउँसो साढे २ बजे बस्नेछ।

यसअघि आजै बिहान प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बनाएर बालकुमारी घटनाबारे जानकारी लिएका थिए।


ताजा समाचार