आईपीएल : लखनउ सुपर जाइन्टसँग चेन्नाइ सुपर किंग्सलाई ८ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जाइन्टले चेन्नाइ सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको छ ।

चेन्नाइले दिएको १७७ रनको लक्ष्य लखनउले १९ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको हो ।

लखनउका कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतक बनाए । उनीहरूले पहिलो विकेटका लागि १३४ रनको साझेदारी गरे । केएल राहुलले ५३ बलमा ९ चौका र ३ छक्काले ८२ रन बनाए भने डि ककले ४३ बलमा ५ चौका र १ छक्काका साथ ५४ रनको योगदान गरे । निकोलस पुरन २३ र मार्कुस स्टोनिसले ८ रनमा अविजित हुँदै टिमलाई जिताए ।

चेन्नाइका मुस्ताफिजुर रहमान र मथिसा पथिरानाले १-१ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको चेन्नाइले ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । रवीन्द्र जडेजाले सर्वाधिक ५७, अजिन्के रहानेले ३७, मोइन अलीले ३०, महेन्द्रसिंह धोनीले २८ र  रितुराज गायकवाडले १७ रन बनाए ।

लखनउका कुर्नाल पाड्याले २, मोसिन खान, यश ठाकुर, रवि विश्नोइ र मार्कुस स्टोइन्सले १ विकेट लिएका थिए ।

यो जितसँगै ८ अंक जोडेको लखनउ पाँचौं स्थानमा छ । समान अंक भए पनि चेन्नाइ राम्रो रनरेटका कारण तेस्रो स्थानमा छ ।


ताजा समाचार