एसीसी इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले आज हङकङसँग खेल्दै

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । खेल सवा ४ बजे सुरु हुनेछ ।

ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपालले इमर्जिङ टिम्स एसिया कपमा पुग्न हङकङसँग खेल्न लागेको हो ।

पहिलो, दोस्रो र तेस्रो हुने टिमले मात्रै इमर्जिङ टिम्स कप खेल्न पाउने भएकोले नेपालले हङकङलाई पराजित गर्नुपर्नेछ ।

घरेलु टोली ओमान र यूएई भने प्रिमियर कपको फाइनल प्रवेशसँगै स्वतस् इमर्जिङ टिम्स एसिया कपमा पुगिसकेका छन् ।

इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोली हुनेछन् ।


ताजा समाचार