जापानी विदेशमन्त्री खामीखावा र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबीच द्विपक्षीय भेटवार्ता

काठमाडौं । जापानकी विदेशमन्त्री खामीखावा योको र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

सिंहदरवारमा आइतबार जापानका विदेशमन्त्री खामिखावा योकोसहितको उच्चस्तरीय प्रतिनिधि मण्डल र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसहितको नेपाली प्रतिनिधि मण्डलबीच आज सिंहदरबारमा द्विपक्षीय भेटवार्ता भएको हो । खामीखावाको भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता भए पनि कुनै सन्धी सम्झौतामा हस्ताक्षर नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रका प्रवक्ता अमृतबहादुर राईले भने, ‘विदेशमन्त्री कामीकावाको मैत्रीपूर्ण नेपाल भ्रमण हो ।

नेपाल भ्रमणको क्रममा कुनै सम्झौता तथा समझदारी हुँदैन । यो भ्रमणका क्रममा दुई देश बिचको सम्बन्ध, विकास निर्माण, जापानले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी भएको उनले बताए ।भेटवार्तापछि उनी ३:३० बजे मण्डला बुक प्वाइन्टको अवलोकन गरेकी छिन् । यसअघि उनी वसन्तपुर दरवार स्क्वायर क्षेत्रको अवलोकन गरेकी थिइन् । ४ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ।प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उनी होटल सोल्टीमा परराष्ट्र मन्त्री श्रेष्ठले स्वागतमा आयोजना गरेको डीनरमा सहभागी हुनेछिन् ।

त्यसपछि साँझ ७ बजे उनी राष्ट्रपति रामच्द्र पौडेलसँग भेटघाट गर्ने शीतल निवास पुग्ने कार्यक्रम रहेको छ । कामीकावा राती १० बजे जापान फर्किने कार्यक्रम रहेको छ ।


ताजा समाचार