आईपीएल :दोस्रो खेल लखनउ सुपर जाइन्ट्स र कोलकाता नाइट राइडर्सबिच हुने

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ सिजनमा आइतबार दुई खेल हुनेछन् । प्रतियोगिताको पहिलो खेलमा पञ्जाब किङ्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ । उक्त खेल धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको स्टेडियममा दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

आइतबारको दोस्रो खेल लखनउ सुपर जाइन्ट्स र कोलकाता नाइट राइडर्सबिच हुनेछ । उक्त खेल राति ७ः४५ बजे लखनउस्थित अटल बिहारी वाजपेई (ईकाना) क्रिकेट स्टेडियममा सुरु हुनेछ । जारी सिजन यी दुबै टोलीले आफ्नो ११औँ खेल खेल्न लागेका हुन् ।

आईपीएलको १७औँ संस्करणमा कोलकाता र लखनउबिचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । हालसम्म यी दुबै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । कोलकाताले यसअघि खेलिएको १० मध्ये सात खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ ।

कोलकाता १४ अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । लखनउले भने यसअघि खेलिएको १० मध्ये ६ खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । लखनउ १२ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

जारी सिजनको आईपीएलमा कोलकाता र लखनउबिच भिडन्त हुन लागेको यो दोस्रो पटक हो । यसअघि खेलिएको खेलमा कोलकाताले लखनउलाई आठ विकेटले हराएको थियो । उक्त खेल कोलकाताको घरेलु मैदानमा खेलिएको थियो ।


ताजा समाचार