चीनका पूर्वरक्षामन्त्री ली पार्टीबाट निष्कासित, भ्रष्टाचार आरोपमा छानबिन चल्दै

 एजेन्सी। चीनका पूर्वरक्षामन्त्री ली साङ्फूविरुद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान चलिरहेको चीनले बताएको छ। गत वर्ष अचानक पदबाट बर्खास्त भएका उनीमाथि छानबिन चलिरहेको बेइजिङले औपचारिक रुपमा घोषणा गरेको हो। उनलाई कम्युनिस्ट पार्टीबाट पनि निकालिएको छ।

उनीविरुद्ध केन्द्रीय सैन्य आयोगको अनुशासन समितिले गत वर्षको अगस्टमा छानबिन सुरु गरेको थियो। सो छानबिनबाट लीले पदको अनुचित लाभ लिएको, अरुलाई लाभ दिलाएको र सट्टामा ठूलो परिमाणमा नगद र बहुमूल्य सामान लिएको देखिएको सिन्ह्वाले उल्लेख गरेको छ।

पार्टी र सेनाको उच्च अधिकारीका रुपमा लीले पार्टीको सिद्धान्त र उदेश्यलाई धोका दिएको अनुशासन समितिले बताएको छ।
सोही कारण पार्टी नेतृत्वले उनलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको बताइएको छ।


ताजा समाचार