केजरीवाल जेलबाहिर आउन नदिन सारा संयन्त्र लागेको छः केजरीवालपत्नी सुनिता

नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सीबीआईले औपचारिक रूपमा पक्राउ गरेको छ । दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा सीबीआईले उनलाई पक्राउ गरेको हो ।

सीबीआईले केजरीवाललाई हिरासतमा राख्न माग गर्न सक्ने अनुमानहरू भइरहेका छन् । यसबारे केजरीवालकी पत्नी सुनिताले सामाजिक सञ्जालमा ट्वीट गरेकी छिन् ।

‘जुन २० मा अरविन्द केजरीवालले जमानत पाएका थिए । ईडीले तुरुन्तै यसमा रोक लगायो । त्यसको भोलिपल्ट सीबीआईले उनलाई अभियुक्त बनायो र आज पक्राउ गर्यो,’ पोष्टमा उनले लेखेकी छिन् ।

पूरै संयन्त्र केजरीवाल जेलबाट बाहिर नआओस् भन्ने सुनिश्चित गर्ने प्रयासमा लागेको भन्दै सुनिताले यो कानून नभएर तानाशाही र संकटकाल भएको बताएकी छिन् ।


ताजा समाचार