चलचित्र ‘नरसिंहा’ मा राजेश हमालको जोडी नीति शाह

काठमाडौँ । अभिनेत्री नीति शाह चलचित्र ‘नरसिंहा’ मा अनुबन्धित भएकी छन् । निर्देशक दिवाकर भट्टराईले चलचित्रका लागि नीति फाइनल भएको जानकारी दिएका हुन् ।

यसअघि महानायक राजेश हमाल अनुबन्धित भइसकेका छन् । झण्डै नौ वर्षपछि चलचित्रको पर्दामा कमब्याक गर्न लागेका हमालले यसबीचमा विभिन्न म्युजिक भिडियो, टेलिभिजन रियालिटी शो र टक शो चलाउँदै आएका थिए ।

‘नरसिंहा’ को निर्माण टिमले चलचित्रमा हमाल र नीतिको क्यारेक्टरबारे केही खुलाएको छैन । तर उनीहरु दुवै जना शीर्ष भूमिकामा रहने पक्कापक्की देखिन्छ । ६० वर्षीय हमाल र २८ वर्षीया नीतिले स्क्रीन सेयर गर्न लागेको विषयले यतिबेला सिनेवृत्त तातेको छ ।


ताजा समाचार