जीवनसाथीसँग सधैँ खटपट भइरहन्छ? यी ७ विधि अपनाउनुस्

काठमाडौँ। जुनकुनै सम्बन्धमा पनि मधुरता भइराखोस् भन्ने मानिसको चाहाना हुन्छ । सुमधुर सम्बन्धले मानिसमा सकारात्मक उर्जा दिन्छ जसले जीवनमा केही गर्ने प्रेरणा समेत मिल्छ । त्यसैले जुनसुकै सम्बन्धमा पनि खुशी र साथीसँगको सम्बन्ध टिकाउने चाहाना राखिन्छ ।

तर कतिपय सम्बन्ध विशेषतः जीवनसाथीबीचको सम्बन्धमा खटपट भइरहने उदाहरणहरु समाजमा धेरै भेटिन्छन् । पछिल्ला वर्षहरुमा सम्बन्धमा आएको दरारका कारण धेरैको सम्बन्धविच्छेद समेत भएको छ ।

कहिलेकाहीँ सम्बन्धलाई राम्रो बनाउने प्रयास गर्दागर्दै पनि नमिलिरहेको हुन्छ । झगडा परिरहेको हुन्छ । त्यसको पछाडि वास्तु नमिलेको हुनसक्ने बताइन्छ । वास्तुशास्त्रको अनुसार के के गर्दा सम्बन्धमा न्यायोपन बढ्छ त रु

१। झ्यालको नजिकै बिस्तारा लगाउनु हुँदैन ।

२। कहिल्यै पनि झ्याल छोएर बिस्तारा राख्नुहुँदैन । यस्तो गर्दा सम्बन्धमा तनाव पैदा हुन्छ ।

३। यदि झ्यालको नजिक ओछ्यान राख्नै पर्ने भए सिरानी र झ्यालको बीचमा पर्दा हाल्न सकिन्छ जसले नकारात्मक उर्जा सम्बन्धमा हाबी हुन दिदैँन ।

४। घरमा दिनदिनै घ्यूको दिप बाल्नुपर्छ । जसले सम्बन्धमा सकारात्मक उर्जा दिन्छ ।

५। बलेको दियोलाई पूर्व वा दक्षिणतिर फर्काएर राख्नुपर्छ ।

६। यदि सही दिशामा दियो बाल्नुभयो भने तपाइको सम्बन्धमा मधुरता ल्याउन मद्दत मिल्छ ।

७। प्रत्येक शुक्रबार पञ्चमुखी दियो ‘बेड रुम’ मा बाल्ने गर्नुस् ।


ताजा समाचार