ओलीद्वारा लिखित ‘भिजन टु एक्सन‘ नामक पुस्तक विमोचन

काठमाडौँ। प्रधामन्त्री केपी शर्मा ओलीद्वारा लिखित ‘भिजन टु एक्सन‘’ नामक पुस्तक विमोचन गरिएको छ। प्रधानमन्त्रीले आफ्नो ६९औं जन्मदिवसको उपलक्ष्यमा सताव्दी पुरुषद्वय राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतविद सत्यमोहन जोशीद्धारा बालुवाटारमा सनिवार संयुक्तरुपमा विमोचन गरेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक विशेष कार्यक्रममा सताव्दी पुरुषद्वय राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतविद सत्यमोहन जोशीले विमोचन गरेका हुन्।

सो पुस्तकमा समृद्ध नेपाल निर्माणको भिजन र सो कामका लागि गरिएको प्रयाश समेटिएको छ। प्रधानमन्त्रीको सचिवालयले उहाँको ६९औं जन्म दिनको अवसर पारेर आज पुस्तक बिमोचन गरेको हो।

तस्बिर: मुकुन्द कालिकाेटे


ताजा समाचार