सत्तारुढ नेकपाको ११ बुँदे आचारसंहिता ओलीद्वारा उल्लंघन

काठमाडौँ। नेकपा (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीले बनाएको आचारसंहिता आफैले उल्लंघन गरेका छन्।

नेकपाले केन्द्रीय कमिटीको बैठकअघि कार्यकर्ताहरुलाई ११ बुँदै आचारसंहिता पालना गर्न भनिएको थियो। उक्त आचारसंहिताको दोस्रो बुँदामा भनिएको छ, ‘जन्म दिन ब्रतबन्ध पास्नी जस्ता परम्परागत संस्कारहरुलाई घर परिवारमा मात्र सीमित गर्नुपर्छ।’

तर, प्रधानमन्त्री ओलीले आफ्नो जन्मोत्सव राजा महाराजाको शैलीमा तडक भडकपूर्ण किसिमले मनाएर आफ्नै पार्टीको आचारसंहिताको खिल्ली उडाउदै ६९औं जन्मोत्सव मनाएका छन्। पार्टीभित्र विधिविधान र नियम कानून सानालाई मात्र लागू हुन्छ भन्ने सन्देश ओलीको व्यवहारले देखाइदिएको छ।

विदेशमा त्यस्तो प्रचलन छ भन्दैमा नेपालको नक्शालाई काटेर खानु उचित नभएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ।

निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको कमिसन काण्डलाई लिएर सरकारतर्फ सोझिएको जनआक्रोशमा प्रधानमन्त्री ओलीको तडक–भडकपूर्ण राजसी जन्मोत्सवले आगो घिउको काम गरेको छ। पार्टीको आचारसंहिता उल्लंघन गर्ने प्रधानमन्त्री ओलीलाई पार्टीले के कारवाही गर्छ या गर्दैन, हेर्न बाँकी छ।


ताजा समाचार