सभामुखले सम्पादकहरूसँग अन्तरक्रिया गर्दै

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज विभिन्न मिडियाका सम्पादकहरूसँग अन्तरक्रिया गर्ने भएका छन्। पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्न सभामुख सापकोटाले पत्रकारहरुसँग अन्तरक्रिया गर्न लागेका हुन्।

सभामुख सापकोटा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विपक्षमा उभिदै आएका छन्। त्यसैगरी, अध्यादेशमार्फत गरिएका संवैधानिक नियुक्तिहरुको पनि सभामुख सापकोटाले विरोध गर्दै आएका छन्।

दोस्रोपटक संसद विघटन भएपछि सापकोटाले ‘असाधारण निर्णय लिन सक्ने’ बताएका थिए। सभामुखको सचिवालयका अनुसार आज ९मंगलबार० दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुख सापकोटाले सम्पादकहरूसँग अन्तरक्रियाको कार्यक्रम राखेका छन्।


ताजा समाचार