६० प्रतिशत सिट लिएर तालमेल गर्न कांग्रेसमा दबाब

काठमाडौँ। गठबन्धनका सहयात्री दलले संघ र प्रदेशको निर्वाचनमा सम्मानजनक सिट बाँडफाँट हुनुपर्ने भन्दै मनोवैज्ञानिक दबाब बढाइरहेका बेला काँग्रेसका नेताहरुले कम्तिमा ६० प्रतिशत सिट लिएर तालमेल गर्न नेतृत्वलाई आग्रह गर्न थालेका छन्।

काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै नेताहरुको माग र सत्ता सहयात्री दलको दाबीअनुसार सिटको तालमेल मिलाउन चुनौतीपूर्ण बनेको छ।

माओवादी र एकीकृत समाजवादीका एउटा खेमा भित्रभित्रै वामपन्थी दलहरुबीच गठबन्धन गराउने कसरतले पनि देउवा दवावमा परेका छन्। यो समाचार आजको कान्तिपुरदैनिकमा प्रकाशित छ।


ताजा समाचार