चैत ४ गते कतार एयरवेजबाट नेपाल आएका थप एक जनामा कोरोना पोजिटिभ

काठमाडौँ। नेपालमा फेरि एक जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ। उनी चैत ४ गते कतार एयरवेजको फ्लाइट नं क्युआर ६५२ मा आएका थिए।

दोहा हुँदै काठमाडौ आएका व्यक्तिमा पोजिटिभ देखिएको हो। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले प्रेस मिटमा उक्त जनाएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको केश ६ जना पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बिहीबारसम्मकूल ११ सय ८४ परीक्षण भएका छन् भने उपत्यकामा १६ जना आइसोलसनमा तथा उपत्यकाबाहिर ९९ जना आइसोलेसनमा रहेका छन्।


ताजा समाचार