मुम्बई उड्न लागेको विमानमा संकास्पद यात्रु भेटिएपछि…

काठमाडौँ। काठमाडौँबाट मुम्बई उड्न लागेको विमानबाट प्रहरीले चेकजाँच गरेर एकजना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ। विशेष ब्यूरोका डीआईजी अशोक सिंह नेतृत्वको टोलीले एक जनालाई पक्राउ गरेको हो।

विशेष ब्यूरोको सूचनाका आधारमा विमानमा चेकजाँच गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए। उनले भने–‘चेकजाँच सकियो, विमानबाट एकजना आपराधिक पृष्ठभूमिका व्यक्तिलाई पक्राउ गरिएको छ।’

कैलालीमा मुद्दा चलिरहेको फरार आरोपीलाई पक्राउ गरिएको प्रहरीको एकजना उच्च अधिकारीले बताए। पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन।


ताजा समाचार