दाङमा ६ किलो भन्दा बढी लागुऔषधसहित ४ जना पक्राऊ

काठमाडौं। दाङमा ६ किलो भन्दा बढी आगुऔषधसहित छुट्टाछुट्टै ठाउँबाट ४ जना पक्राउ परेका छन् ।

असोज २ गते साँझ करिब साढे ६ बजे लमही–९ अमिलियाबाट दुई महिलालाई लागूऔषध चरेसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ की ४० बर्षीया सुशीला गिरी र रोल्पा नगरपालिका–६ कोटगाउँ घर भई हाल घोराही उपहानगरपालिका–१३ सेवार बस्ने ३८ बर्षीया खुशी पुन मगर भनिने एकता पुन मगर रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले ६ किलो ३६० ग्राम चरेस बरामद गरेको छ । तुलसीपुरबाट भारतको दिल्ली तर्फ जाँदै गरेको ना ७ ख ९०५ नम्बरको बसबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
भारततर्फ चरेस लगिदै गरेको सूचनाका आधारमा बसमा सवार ती दुई महिलालाई प्रहरीले खानतलासी गरेको थियो । प्रहरीले खानतलासी गर्दा उनीहरुले आफ्नो दुईवटै खुट्टाको साप्रामा चरेस बाँधेर लुकाएको अवस्थामा फेला पारेको थियो ।
त्यस्तै प्रहरीले प्रहरीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत गढवा गाउँपालिका–१ कालाकाटेबाट लागूऔषध ब्राउन सुगरसहित २ युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा

कपिलवस्तु नगरपालिका–१० जगदीशपुरका २५ बर्षीय हिरासिंह क्षेत्री र बाणगंगा नगरपालिका–११ निवासी १८ बर्षी मोहम्मद खाँन रहेका छन् । प्रहरी प्रमुख वलीका अनुसार उनीहरुको साथबाट प्रहरीले ११३ दशमलव ४६ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको छ । साथै प्रहरीले उनीहरु सवार लु ६८ प १६६६ र लु ५५ प ६८३७ नम्बरका मोटरसाइकल समेत बरामत गरेको छ ।

पक्राउ परेका ४ जनलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रमुख वलीले जानकारी दिए ।

 


ताजा समाचार