अनेरास्ववियुको अध्यक्षमा ५, उपाध्यक्षमा १६, महासचिवमा ५ जनाको उम्मेदारी

काठमाडौँ। एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको १७ पदाधिकारीमा मात्रै  एक सय जना हाराहारीमा उम्मेदवारी  परेको छ।

अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव गरी १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि कुल ३ सय भन्दा बढीले उम्मेदवारी दिएका हुन्।

अनेरास्ववियुको एक पदका अध्यक्षका लागि ५ जना र महासचिवका लागि पनि पाँचै जनाले उम्मेदवारी दिएका छन्। अध्यक्षमा आरसी लामिछाने, मोती विक, लोकेश निरौला र वाङ्छु योन्जन र समिक बडालले उम्मेदवारी दिएको निर्वाचन कमिटीले जनाएको छ। निर्वाचन कमिटीले बिहीबार बिहान उम्मेदवारहरुको अन्तिम नामावाली सार्वजनिक गरेको छ।

जसमा चारजना उपाध्यक्षका लागि १६ जना प्रतिस्पर्धामा उत्रेका छन्। यसैगरी महासचिवमा नरेश रोकाय, सुदर्शन शिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्यले उम्मेदवारी दिएका छन्। १० सचिव पदका लागि लागि ६१ जनाले उम्मेदवारी दिएका छन्। यस्तै कोषाध्यक्षमा सुजन कार्की, प्रज्वल फुयाँल, प्रदीप जिसी र संगम अर्याल उम्मेदवारी दिएका छन्।

बिहान ८ बजेबाट मतदान हुने भनिएपनि अध्यक्ष लगायतका पदमा सहमति जुटाउन नेताहरु लागि परेकाले मतदान सुरु हुन ढिला भएको छ।

हेर्नुहोस् नामसहित


ताजा समाचार