२ अंकले नेप्से घट्दा ९६ करोडको कारोबार

काठमाडौँ। साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्सेमा २ अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक २.८० अंकले घट्दै १९ सय ३१.६८ अंकको विन्दुमा ओर्लिएको हो ।

उसो त २ अंकले घटेको बजारमा आज कारोबारसमेत ९६ करोड ६६ लाख २२ हजार रुपैयाँमा झरेको छ । आज चार वटा उपसूचक बाहेक बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन् । बैङ्किङ समूहको उपसूचक झिनो ०.०१ प्रतिशतले मात्र बढेको छ भने होटेल तथा पर्यटन समूहको उपसूचक ४.६५ प्रतिशतले, जीवन बीमा समूह ०.०९ प्रतिशतले र निर्जीवन बीमा ०.२२ प्रतिशतले बढेको छ । अन्य ९ वटा उपसूचक १ प्रतिशत कमले घटेका छन् ।

आज आदर्श लघुवित्त वित्तीय संस्था, मोलुङ हाइड्रोपावर कम्पनी र कालिन्चोक दर्शनको सेयर मूल्य क्रमशः ९.९९ प्रतिशत, ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले बढेको छ भने एसियन हाइड्रोपावरको सेयर मूल्य ७.८३ प्रतिशतले घट्न पुगेको छ ।


ताजा समाचार