तत्काल कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनौँ: झलनाथ खनाल

धनुषा। नेकपा (एकिकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शनिवार जनकपुरधाममा आयोजना हुने लागेको कार्यक्रममा सहभागी हुन जनकपुरधाम आइपुगेका सम्मानित नेता खनालले यस्तो बताएका हुन् । जनकपुरधाम विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले मिलेर जाने कुरा बेग्लै भएपनि नेकपा एकिकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको स्पष्ट पारे ।

उनले आफनो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेको समेत बताए । उपनिर्वाचन पछि वर्तमान सत्ताधारी गठबन्धनको स्वास्थ्य बिग्रने हल्ला छ नि ? भन्ने प्रश्नमा उनले नराम्रो व्यवहारको प्रयोग भए गठबन्धनको स्वास्थ्य बिग्रने बताए ।  नेता खनालले वामपन्थी शक्तिहरु मिल्नुको विकल्प नरहेको समेत बताए । देशका विभिन्न क्षेत्रहरु जस्तै पवित्रधाम जनकपुरबाट आफूले वामपन्थीहरुको एकताका लागि आग्रह र आह्वान गर्ने बताए । उनले राष्ट्रियतामाथि संकट बढिरहेको समेत बताए ।


ताजा समाचार