एमाले केन्द्रीय कमिटी बैठक सुरू

काठमाडौँ। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीलेसहित छुट्टाछुट्टै १३ वटा प्रतिवेदन पेश हुने भएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबारबाट सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने ग्रासरुट अभियान अन्तरगत नौ वटा प्रतिवेदन पेस हुनेछन्।

मिसन ग्रासरुट अभियानका लागि सातै प्रदेशमा एमालेले गठन गरेको अभियानका प्रदेश सयोजक रहेका पार्टी सचिवहरुले आ–आफ्ना प्रदेशको प्रतिवेदन पेस गर्नेछन्।


ताजा समाचार