नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने

काठमाडौं । नेपाल ए ले पहिलो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ए विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ ।

विहीबार वर्षाको कारण पहिलो खेल रद्द भएको थियो । त्यसैले क्यानले तालिका परिवर्तन गरेको थियो ।

नेपाल ए र आयरल्यान्ड ए बीच तीन टी–२० खेल शुक्रबार, शनिबार र सोमबार हुनेछ । त्यस्तै तीन एकदिवसीय खेल चैत २१ ९बुधबार०, चैत २३ (शुक्रबार) र चैत २५ गते (आइतबार) हुनेछ ।

नेपाल ‘ए’ को प्लेइङ ११:

विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी र हेमन्त धामी ।

बेन्च : पवन सर्राफ, नारायण जोशी, विपिन खत्री र विकाश आग्री ।

आयरल्यान्ड ‘ए’ को प्लेइङ ११ :

निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस र लियाम म्याककार्थी ।

बेन्च : लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन ह्वाइट ।


ताजा समाचार