प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता जारी

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ। उनीहरुबीच उपनिर्वाचन र समसामयिक विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।

बैशाख १५ गते प्रतिनिधि सभा सदस्यतर्फ इलाम-१ र प्रदेश सभा सदस्यतर्फ बझाङ-१ (१) मा उपनिर्वाचन हुँदैछ।

यता लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदैछन्। तर एकीकृत समाजवादीले सहमति कार्यान्वयन नहुँदासम्म विश्वासको मत दिन नसकिने अडान राखेपछि सत्तारुढ दलका शीर्ष नेताबीच छलफल भएको हो।

सरकार गठन हुँदा नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले सहमति नभए विश्वासको मत नदिने अडान राखेर बार्गेनिङ गरिरहेका छन्।

यता प्रधानमन्त्री प्रचण्डले आज दिउँसो मन्त्रिपरिषद् बैठकसमेत बोलाएका छन्। आज केहि कर्मचारीको नियुक्ति र बढुवा हुने सम्भावना रहेको छ।


ताजा समाचार