कोका-कोला ‘ड्रिंक एण्ड विन’ योजना : ग्राहकलाई २० लाखसम्मको पुरस्कार

काठमाडौं । गर्मी महिना लागेसँगै नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ कोका-कोलाले उपभोक्ताहरूको लागि ‘ड्रिंक एण्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ । यो क्याम्पेनअन्तर्गत ग्राहकले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीले जनाएको छ ।

‘ड्रिंक एण्ड विन’ क्याम्पेनअन्तर्गत उपभोक्ताहरूले कोका-कोलाका आरजीबी (रिटर्नेबल गिलासका) बोतलहरूको बिर्कोमुनि हेरेर तुरुन्तै पुरस्कार जित्न सक्नेछन् ।

यो योजनामार्फत विभिन्न उपहार प्राप्त गर्न सकिने र यो अफर सीमित समयको लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ। ‘ड्रिंक एण्ड विन’ क्याम्पेन कोका-कोला, फ्यान्टा र स्प्राइटका १७५ एमएल र २५० एमएलका आरजीबी बोतलहरूमा स्टक रहुन्जेलसम्म जारी रहने छ ।


ताजा समाचार